प्रदेश सरकार आएपछि मिल्क होलिडे रोकियो : मुख्यमन्त्री कार्की

पशुपालनसहित प्रदेश सरकारले किसान खुसी हुने गरी काम गरेको उनले दाबी गरे ।

माघ २७, २०८२

कान्तिपुर संवाददाता

Milk holiday stopped after provincial government came to power: Chief Minister Karki

काठमाडौँ — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो कामका कारण यसपटक प्रदेशमा मिल्क होलिडे नभएको बताएका छन् । ‘प्रदेशले काम नै गरेन भनिन्छ, हामी आएपछि वर्षौँ भयो, कुनै पनि किसानले दूध फाल्नुपर्ने अवस्था आएको छैन,’ उनले भने, ‘हामीले पाउडर दूध नै बनाएर भए पनि किसानको उत्पादनको मूल्य दिएका छौँ ।’

पशुपालनसहित प्रदेश सरकारले किसान खुसी हुने गरी काम गरेको उनले दाबी गरे ।

पशुपालन क्षेत्रसहित किसानको हकहितमा केन्द्रित भएर प्रदेश सरकारले काम गरेको उल्लेख गर्दै उनले किसानलाई सन्तुष्ट बनाएको दाबी गरे । साथै, प्रदेशमा पशुमा देखिने रोगको उपचारका लागि खोपलगायतका व्यवस्था अन्य प्रदेशले समेत सिको गरिरहेको बताए ।

‘मह उत्पादन होस् वा कफी जोन नै तयार गरेर काम गर्ने विषयमा प्रदेश सरकारले सहयोग गरिरहेको छ,’ उनले भने, ‘अहिले भैँसीको मासु चीन निर्यात गर्ने तयारीमा समेत प्रदेशले काम अघि बढाएको छ । कोशी प्रदेशका किसान ह्याप्पी छन् ।’

कान्तिपुर

Link copied successfully