सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको छ ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Gold price increases by 9,500 per tola

काठमाडौँ — एकै दिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार एक तोला चाँदी ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

विश्व बजारमा सुनको मूल्य बढ्नु र नेपाली मुद्राको विनिमय दर अमेरिकी डलरको तुलनामा कमजोर हुनु दुई कारणले नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको नेपाल राष्ट्र बैंकमा पूर्वकार्यवाहक गभर्नर कृष्णबहादुर मानन्धरले बताए ।

सम्बन्धित समाचार

नेपाली बजारमा चाँदीको कृत्रिम अभाव

कान्तिपुर संवाददाता

Link copied successfully