कृषि सेवालाई पारदर्शी बनाउन डिजिटल प्रणाली

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Digital system to make agricultural services transparent

काठमाडौँ — सरकारले कृषि सेवालाई सर्वसुलभ र पारदर्शी बनाउन डिजिटल प्रणालीको विकास गर्ने भएको छ। निर्वाहमुखी कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण समेत गरिने भएको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्। त्यस्तै, क्वारेनटाइन र प्रयोगशाला सेवाको स्तर उन्नति, नेपाल कृषि अनुसन्धान परिषद्लाई पुनर्संरचना गरी किसानमैत्री र नतिजामैत्री बनाइने बताए।

दुग्ध पदार्थ, ऊन, मासुजन्य वस्तुको उत्पादन र निर्यात गर्ने पनि कार्यक्रम रहेको छ। यी बाहेक नेपालमा पशुपन्छीलाई आवश्यक पर्ने खोप उत्पादन पनि गरिने बताए।

सरकारको नीति तथा कार्यक्रम

कान्तिपुर

Link copied successfully