सरकारले आन्तरिक उत्पादन बढाउनेभन्दा पनि आन्तरिक ऋण लिएर गर्जो टार्ने काम गर्‍यो : महासंघ कार्यवाहक अध्यक्ष श्रेष्ठ 

कार्तिक ८, २०८१

कान्तिपुर संवाददाता

Rather than increasing domestic production, the government did the work of averting the crisis by taking internal loans: Federation Acting President Shrestha

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आन्तरिक उत्पादन बढाउनेभन्दा पनि आन्तरिक ऋण लिएर गर्जो टार्ने काम गरेको बताएका छन् । 

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर चितवन चिन्तन : चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रमको पहिलो सत्र पहिलो सत्र ‘अर्थतन्त्रको आधार : उद्योग कि व्यापार ?’ का वक्ता रहेका श्रेष्ठले उक्त भनाइ राखेका हुन् ।

‘राज्यले पछिल्लो पटक आन्तरिक उत्पादन भन्दा पनि आन्तरिक ऋण लिएर गर्जो टार्ने काम गर्‍यो,’ उनले भने, ‘सरकारले ६ प्रतिशतको अपेक्षा गरेर आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ । तर सरकारको तयारीहरू पुगेको छैन भन्ने देखिन्छ ।’

सरकारको हरेक वर्ष चालु खर्च वृद्धि भएर जानु र पुँजीगत खर्च घट्दै जानुले समस्या ल्याइरहेको उनले बताए ।

कान्तिपुर

Link copied successfully