समस्या समाधान गर्ने गरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

असार ३१, २०८१

कान्तिपुर संवाददाता

Monetary policy comes to solve the problem: Finance Minister Paudel

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक क्षेत्रका समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरेका छन् ।सोमबार उपप्रधानसहित अर्थ मन्त्रालयको पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले राम्रो उद्देश्यको लागि काम गर्ने भएपछि अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर काम गर्ने बताएका हुन् ।

राम्रो काम गर्ने भएकाले गभर्नर महाप्रसाद अधिकारी र आफ्नाे ट्युनिङ मिल्ने समेत उनले उल्लेख गरे।मौद्रिक नीतिको तयारी भइरहेको भन्दै अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय गरेर बजारमा सकारात्मक सन्देश दिने उनकाे भनाइ थियाे ।

 ‘राष्ट्र बैंकसँग ट्युनिङ मिल्छ भनेर मिडियाले भन्छन्, त्यो ठिकै हो । हाम्रो राम्रै ट्युनिङ मिल्छ, राम्रो काम गर्नेको मिल्छ त । वित्त नीतिलाई सहयोग पुग्ने गरि मौद्रिक नीति आउने विश्वास छ,' उनले भने, 'मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा ‘अर्थमन्त्री र गभर्नरको बीचमा राम्रो समन्वय हुनेबित्तिकै बजारमा सकारात्मक सन्देश जानेछ । हामी मिलेर अघि बढ्दा बजारमा पनि मनोबल बढ्छ ।'

अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिले रुची नभएको उनले प्रस्टाए ।  अर्थतन्त्रमा छाएको सुस्तता कम हुँदै जाने उनकाे विश्वास छ । आफ्नो कार्यकाल सर्वसाधरण र निजी क्षेत्रमा छाएको निराशा चिर्ने र आशा जगाउने काममा केन्द्रित हुने उनकाे भनाइ छ । अर्थ मन्त्रालयको जिम्मेवारीलाई अत्यन्त चुनौतीपूर्ण जिम्मेवारीको रुपमा अर्थ्याएको उनले जनाए ।

'अर्थ मन्त्रालयमा कर्मचारी हेरफेरमा कहिल्यै रुची हुँदैन, विभिन्न राजनीतिक दलमा आवद्ध हो मिलेर काम गर्न सकिदैन भनेर कर्मचारीहरुको ब्राण्डिङ गरिदिने र कर्मचारीले पनि त्यसो गर्न रुचाउने प्रवृत्तिहरु हुने गरेका छन्,' उनले भने, 'ब्राण्डिङमा विश्वास छैन । कामको परिणाममा विश्वास गर्छु ।'

ओली मन्त्रिपरिषद्

कान्तिपुर

Link copied successfully