कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ पार्नुपर्छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ पार्नुपर्छ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छन् ।सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै उनले इतिहासै पहिलो ठूलो जिम्मेवारी भएकोले यसलाई सही सदुपयोग गर्ने बताइन् ।

उनले नेपाल कसैको पराधीन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको उल्लेख गरिन् ।

देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भूमिका उल्लेख्य हुने उल्लेख गर्दै उनले दौंत्य सम्बन्ध कायम रहेका देशहरुको सम्बन्धलाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाइन् ।

‘यो इतिहासकै एउटा जिम्मेवारी हो । हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो । हामी एकदम ठूलो देशहरुको बीचमा छौं । हाम्रो पूर्वजहरुले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ । यो इतिहास हामीले अब आउने पिढींका लागि कायम राख्नुपर्छ' परराष्ट्रमन्त्री राणाले भनिन् ।

नेपाल ठूलो सेना नभएको देश भएकाले ननएग्रेशनमा, पञ्चशीलमा विश्वास गर्ने उल्लेख गरिन् । 'यो जिम्मेवारीलाई अघि बढाउन पनि भूमिका खेल्नुपर्ने देखिन्छ । यो पोलिटिक्स पहिलाको भन्दा भिन्दै भएर गइरहेको छ । यो भन्दा पहिला पनि यस्ता अफ्ठ्यारा भएका थिए । त्यो बेलामा पनि देशले राम्रोसँग मिलेर काम गरेको थियो । अहिले पनि हामी सबै मिलेर अन्तर्राष्ट्रिय सम्बन्धलाई बिस्तार गरेर लैजानुपर्छ । देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ । विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौं । यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ’ उनले भनिन् ।

उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने पनि प्रतिबद्धता जनाइन् ।

प्रकाशित : असार ३१, २०८१ १७:४६
x
×