कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

दीर्घकालीन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने ऊर्जामन्त्री खड्काको पहिलाे निर्णय

दीर्घकालीन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने ऊर्जामन्त्री खड्काको पहिलाे निर्णय

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री  दिपक खड्काले आफ्नो कार्यभार सम्हाल्दै ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रको दीर्घकालीन कार्ययोजना बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सोमबार ऊर्जामन्त्रीको पदभार ग्रहन गर्दै खड्काले ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रको दीर्घकालीन नीति कार्यान्वयनका लागि सहज वातावरण सिर्जना गर्ने बताए । 

ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रमा सुशासन तथा विकासका लागि तत्कालीन एवं दीर्घकालीन कार्ययोजना तयार गरी १५ दिन भित्र प्रतिवेदन पेस गर्न कार्यदल समेत गठन गरेको मन्त्रालयका प्रवक्ता नविनराज सिंहले जनाए ।

मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालकाे संयोजकत्वमा मन्त्रालय तथा मन्त्रालय मातहतका निकायका प्रमुखहरुसहितको ९ सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता सिंहले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्काले ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयको जिम्मेवारी पाएका हुन् । उनी मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका संस्थापक अध्यक्ष समेत हुन् । यी दुई कम्पनीद्वारा ४.७२ मेगावाट क्षमताको मेन्छियाम जलविद्युत् आयोजना र १ सय २० मेगावाट क्षमताको निर्माणाधीन रसुवा–भोटेकोसी जलविद्युत् आयोजना प्रवर्द्धित हुन् । खड्का स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का सल्लाहकार समेत हुन् ।

पछिल्लो समयमा जलविद्युत् आयोजनाका संस्थापक सेयरधनी अनुकुल नीति बनाउन उनी लागि परेका थिए । खासगरी कोशी प्रदेशमा गत वर्ष आएको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्‍याएको क्षतिलाई बहाना देखाउादै संस्थापक सेयरधनी अनुकुलन नीति बनाउन उनले संसदीय समिति, नियामक निकायलगायतमा दबाब दिादै आएका थिए ।

बाढी प्रभावित जलविद्युत् आयोजनामा संस्थापक सेयर बिक्रीका लागि दबाब दिइरहेका समूहको नेतृत्वमा सांसद खड्का नै देखिएका छन् । जलविद्युत् आयोजनाबाहेक होटल फरेस्ट इन, मकालु वरुण एग्रो कन्सर्न र संखुवासभा आधुनिक कृषि कम्पनीमा पनि उनको लगानी छ ।

खड्काकी श्रीमती विनीता थापाले पनि विभिन्न पर्यटनसाग सम्बन्धित विभिन्न पेसा व्यवसायको नेतृत्व गरिरहेकी छन् । खड्का यसअघि २०७३ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री थिए ।

प्रकाशित : असार ३१, २०८१ १७:१५
x
×