अर्थतन्त्रले नयाँ पुस्ताअनुकूल सुधारको माग गरेको छ : अर्थमन्त्री पुन

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

The economy demands reforms to suit the new generation: Finance Minister Pun

काठमाडौँ — नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनुकुलको आर्थिक सुधारको माग गरेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रमा आएको क्रान्तिका कारण नयाँ पुस्ताको माग अनुरूपको आर्थिक सुधार आवश्यक रहेको औंल्याएका थिए ।

संसद्को संयुक्त सदनमा बोल्दै मन्त्री पुनले वर्षौंदेखि उस्तै प्रकृतिका कार्यक्रम दोहोरिरहेकाले अर्थतन्त्र र विकास व्यवस्थापनमा क्षमता अभावको दुष्चक्र तोड्न आवश्यक रहेको उल्लेख गरे ।

‘सूचना प्रविधमा आएको क्रान्ति, कृत्रिम बौद्धिकताको बढ्दो प्रयोग र ज्ञानमा आधारित अर्थतन्त्रको विकास भइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रले नयाँ पुस्ताअनुकूलको आर्थिक सुधारको माग गरेको छ,’ उनले भने, ‘युवा पुस्ताले अपेक्षा गरेअनुरूप कौशलयुक्त ज्ञान, सीप नवप्रवर्तन र उद्यमशीलता बढाउन आवश्यकता छ ।’ आर्थिक सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने मन्त्री पुनको भनाइ छ ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully