२०८१ देखि २०९१ लाई कृषि दशक मनाइने

जेष्ठ १५, २०८१

कान्तिपुर संवाददाता

2081 to 2091 will be celebrated as Decade of Agriculture

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले कृषिमा लगानी बढाउन २०८१ देखि २०९१सम्म कृषि दशक मनाउने घोषणा गरेका छन् । संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले सरकारी सहकारी र निजी साझेदारीबाट कृषिमा लगानी बढाउन दशकको घोषणा गरिने बताए ।

त्यस्तै अर्थमन्त्री पुनले कृषिको विशेष क्षेत्र पहिचान गरी उत्पादन प्रवर्द्धन गरिने बताए ।

बजेट ०८१/०८२

कान्तिपुर

Link copied successfully