पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा छौं : प्रधानमन्त्री

पुस १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजी बजार र बीमा क्षेत्रको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पुँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएपनि अपेक्षित सुधार हुन नसक्दा चिन्तित रहेको उल्लेख गरे ।

 उनले यसको सुधारका लागि गम्भीर गृहकार्यमा रहेको जानकारी दिए । उनले व्यापार घाटामा पनि कमी आएको दाबी गरे ।

‘यस वर्ष उपभोक्ता मुल्य वृद्धिदर गत वर्ष भन्दा २.७ प्रतिशतले कम भएको छ । यो उपलब्धी हो । तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन । उपभोक्ता मूल्य वृद्धिदरलाई आम जनताले महसुस गर्नेगरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब हाम्रो प्राथमिकतामा छ' उनले भने ।

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अंकमा पुगेको छ भने ऋणको ब्याजदर छ । 'यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ' उनले भने ।

प्रधानमन्त्री दाहालले सबै आर्थिक र कूटनीतिक नियोगहरुलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि आह्वान गरे । 

दाहाल सरकारको एक वर्ष

कान्तिपुर

Link copied successfully