काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले निर्माण व्यवसाय कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रोशन दाहालले बताए ।
बैठकले जाजरकोट र पश्चिम रुकुममा भूकम्पमाप री ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
