कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

भूकम्पपीडितका लागि निर्माण व्यवसाय विकास परिषद्‌ले २५ लाख दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेको निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले निर्माण व्यवसाय कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको महासंघका महासचिव रोशन दाहालले बताए ।

बैठकले जाजरकोट र पश्चिम रुकुममा भूकम्पमाप री ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै राहत कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रकाशित : कार्तिक १९, २०८० १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×