मौद्रिक नीति : लघुवित्तले १५ प्रतिशतभन्दा ब्याज लिन नपाइने

श्रावण २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने भएको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त व्यवस्था गरेको जानकारी दिएका हुन् । यस्तै लघुवित्त वित्तीय संस्थाको अनुमतिपत्र रोकिएको छ । 

गभर्नर अधिकारीका अनुसार कर्जा र निक्षेपको ब्याज अन्तर (स्प्रेड) तय गर्न नीतिगत व्यवस्था गरिने छ । 

यस्तै अब बैंक तथा वित्तीय संस्थाहरुले सेवाबापत अधिकतम १.५० प्रतिशत शुल्कमात्रै लिन पाइने व्यवस्था गरिएको छ । 

मौद्रिक नीति

कान्तिपुर

Link copied successfully