चितवन — प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेका अवसरमा सौराहामा फुड फेस्टिभल हुने भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) सौराहा शाखाले फेस्टिभल आयोजना गर्न लागेको हो ।
रेबान सौराहाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा माघ २९ देखि फागुन ३ सम्म फेस्टिभल हुने जानकारी गराइएको थियो ।
कार्यक्रममा स्थानीय खानादेखि अन्य परिकारका स्टलहरू रहने रेबान सौराहामा अध्यक्ष ध्रुव गिरीले बताए । 'थारू, नेवार समुदायका परम्परागत परिकार हुन्छन् नै जापानिज, चाइनिज, मेक्सिकन परिकार पनि राख्ने छौँ,' अध्यक्ष गिरीले भने ।
सांगीतिक कार्यक्रम र अन्य रमाइला खेल गतिविधि पनि हुने उनले बताए । पर्यटकीय चहलपहल बढाउन फेस्टिभलले सहयोग गर्ने कार्यक्रम संयोजक शम्भुप्रसाद मालीले बताए । १४ फ्रेब्रुअरीमा पर्ने भ्यालेन्टाइन डेका अवसरमा रेबानले हरेक वर्ष फेस्टिभल गर्दै आएको छ ।
