राहत सामग्री बोकेर रोशी गएको हेलिकप्टर अवतरण हुन नसकेपछि धुलिखेल फर्कियो

आश्विन १२, २०८१

ज्योती श्रेष्ठ

The helicopter that went to Roshi with relief material failed to land and returned to Dhulikhel

काभ्रे — बीपी राजमार्ग अवरुद्ध भएपछि काभ्रेको रोशीमा अलपत्र परेका यात्रुलाई राहत खाद्यान्न बोकेर गएको हेलिकप्टर अवतरण हुन नसकेपछि फर्किएको छ । जिल्ला विपद व्यवस्थापन समितिको सहयोगमा राजमार्गमा शुक्रबारदेखि अलपत्र परेका यात्रुहरूलाई खाद्यान्न बोकेर नेपाली सेनाको हेलिकप्टर शनिबार साँझ ६ः०० बजे धुलिखेलबाट उडेको थियाे ।

तर राेशी क्षेत्रमा अवतरण गर्न नसकेपछि हेलिकप्टर धुलिखेल फर्किएको जिल्लास्थित कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंले बताए । उनका अनुसार मौसम प्रतिकूलताका कारण हेलिकप्टर ल्यान्ड गर्न नसकेको हो ।

हेलिकप्टर अवतरण हुन नसकेपनि राजमार्गस्थित रोशी गाउँपालिकाका विभिन्न स्थानमा अलपत्र यात्रुको सहयोगका लागी प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार रोशी गाउँपालिकास्थित शान्ति बुद्ध प्राथमिक विद्यालयमा करिब १५० जना, पिंथलीबेंसीमा ९० र नार्केमा ५० यात्रु शुक्रबारदेखि अलपत्र अवस्थामा छन् । गाउँपालिकाले अलपत्रमा परेका केही यात्रुहलाई खाद्यन्न सहयोग गरेको उनले बताए । 

बाढी पहिरो

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully