दोलखा — खिम्ती जलविद्युत केन्द्र रहेको तामाकोसी गाउँपालिका-५ सहरेको किर्नेटारमा तामाकोसी नदीले तीब्र कटान गरेपछि स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ ।
नदीले पुष्पलाल मार्गमा समेत क्षति गरेको छ । किर्नेटारमा रहेको धुलिखेल अस्पतालको स्वास्थ्य संस्था लगायतका संरचनामा समेत क्षति गरेको छ ।
