पहिरोले बाटो बगाएपछि चरिकोट– सिँगटी सडक खण्डमा यातायात ठप्प

असार १९, २०८०

केदार शिवाकोटी

दोलखा — दोलखाको तीन वटा गाउँपालिकालाई जोडने मुख्य चरिकोट– सिँगटी सडक बढीले बगाएपछि यातायात पूर्णरूपमा ठप्प भएको छ ।

कालिञ्चोक गाउँपालिका– ४ को चरिकोट –सिँगटी सडक खण्डको बञ्चरे नजिकै चिउरीखर्कमा  सोमबार राति खहरेको बाढीले सडक बाढीले बगाएपछि यातायात अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

मुख्य सडक पूर्णरूपमा बाढीले बगाएपछि जिल्लाको उत्तरी क्षेत्रको यातायात ठप्प बनेको हो । वैकल्पिक सडकसमेत वर्षाका कारण अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएका कारण एम्बुलेन्स, खाद्यान्न ढुवानी लगायत समेत प्रभावित बनेको प्रहरीले जनाएको छ । वैकल्पिक सडक बनाउनसमेत बस्ती जोखिममा पर्ने भएकाले सडक खुलाउन तत्काल कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरो

केदार

Link copied successfully