दोलालघाटमा दर्जन घरटहरा डुबानमा

असार ३, २०७८

नगेन्द्र अधिकारी

काभ्रे — इन्द्रावती र सुनकोशी नदीमा आएको बाढीको कारण काभ्रेको दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका छन् ।

बुधबार राति र बिहान फेरि खोलाको सतह बढेपछि दोलालघाटस्थित पुरानो बजारका केही घर, टहरा डुबानमा परेका हुन् । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा त्यसले काभ्रेका भूभागमा पनि क्षति गरेको छ । 

खोलाबाट नजिकको दूरीमा रहेका घरटहरा डुबानमा परेपछि सशस्त्र प्रहरीको टोलीले खाद्यान्न र लत्ताकपडा घरबाट निकाल्न मद्दत गरेको थियो । विस्थापितहरु आफन्तकोमा आश्रय लिएका छन् । 

डुबानग्रस्त क्षेत्रको स्थिति बुझ्न वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शरेस नेपाल, पूर्वमन्त्री गोकुल बाँस्कोटा, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको जिल्ला विपद् व्यवस्थापन समिति पुगेको थियो । समितिको बैठकले प्रभावितको सुरक्षित बसोबास, खाद्यान्न र गैरखाद्यान्न व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए । 

बाढी-पहिरो

नगेन्द्र

Link copied successfully