मकवानपुर — मकवानपुरमा बिहीबार बिहान ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक अस्पतालमा गरिएको स्वाब परीक्षणबाट ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार २० महिला र ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । असोज २१ गते संकलन गरिएको स्वाबको रिपार्ट प्राप्त भएको उनले जानकारी दिए ।
मकवानपुरमा हालसम्म एक हजार ५ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म एक हजार तीनसय ४९ जना कोरोना संक्रमित निको भइसकेका छन् । मकवानपुरमा हाल हेटौंडा–६, गौरीटारमा कोरोना संक्रमित बिरामीको उपचारका लागि आइसोलेसन निर्माण गरिएको छ ।
