टोरन्टोमा नेपथ्य

आश्विन २४, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सांगीतिक ब्यान्ड नेपथ्यले टोरन्टोस्थित ‘मेस्सी हल’ मा कार्यक्रम गर्दै आफ्नो क्यानडा यात्रा टुंगाएको छ । पहिलो पटक क्यानडामा पाइला टेकेको ब्यान्डले सुरुमा क्यालगरी त्यसपछि भ्यानकुभर हुँदै अन्त्यमा टोरन्टोमा कार्यक्रम गरेको हो । टोरन्टोमा नेपथ्यको कन्सर्ट हेर्नका लागि छिमेकी मुलुक अमेरिकाबाट पनि उल्लेख्य संख्यामा दर्शक जम्मा भएका थिए ।

ब्यान्डले पहिलो प्रस्तुतिका रूपमा ‘कोशीको पानी यो जिन्दगानी’ गाएको थियो । त्यसपछि लगातार नयाँ र पुराना गीतहरू एकपछि अर्को प्रस्तुत हुँदै गए । ‘यति महत्त्वपूर्ण हलमा उस्तै महत्त्वपूर्ण तवरले नेपथ्य प्रस्तुत भइदियो,’ टोरन्टोका मिङमा नोर्गे शेर्पाले भने, ‘दर्शकका रूपमा उपस्थित हुँदा पनि त्यो एउटा नेपालीले गर्व गर्ने क्षण बनिदियो ।’ मिङमाका अनुसार प्रस्तुतिदेखि लिएर सहभागितासम्मका हिसाबले यस्तो भव्य अनुभूति यसअघि भएको थिएन ।

कन्सर्टमा गायक अमृत गुरुङलाई सदाझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully