दिल्लीको जन्तर-मन्तरमा २३ दिनपछि तोडे आइसाका तीन विद्यार्थीले आमरण अनशन

जन्तर-मन्तरबाट संसद् भवन जाँदै गरेका युवाहरूमाथि लाठीचार्ज

श्रावण ४, २०८३

कान्तिपुर संवाददाता

Three AISA students break fast to death after 23 days at Delhi's Jantar Mantar

What you should know

काठमाडौँ — दिल्लीको जन्तर-मन्तरमा अखिल भारतीय छात्र संघ (आइसा) का तीन सदस्य नेहा, आमीन र मनीषले २३औं दिन भोकहडताल अन्त्य गरेका छन् । बीबीसी हिन्दीका अनुसार विभिन्न सामाजिक कार्यकर्ता, नेता एवं जनप्रतिनिधिको अपिलपछि उनीहरूले अनशन तोडेका हुन् । 

आइसाका अनुसार अनशन तोडाउनका लागि सांसदहरू मनोज झा, राजाराम सिंह र अमरा राम नेतृत्वको प्रतिनिधिमण्डल जन्तर-मन्तर पुगेको थियो । साथै योगेन्द्र यादव, अधिवक्ता प्रशान्त भूषण, प्राध्यापक अतुल सूद, कलाकार प्रकाश राज र शबाना आजमीले पनि विद्यार्थीलाई आमरण अनशन तोड्न अपिल गरेका थिए । प्रतिनिधिमण्डसँगको कुराकानीपछि उनीहरूले अनशन तोडेका हुन् । सांसद झाले विद्यार्थी आन्दोलनले सरकारलाई थुप्रै मुद्दामा बोल्न बाध्य पारेको बताए । 

Three AISA students break fast to death after 23 days at Delhi's Jantar Mantar

शिक्षाविद्, वातावरण अभियन्ता तथा नवप्रवर्तक सोनम वाङ्चुकसँगै यी विद्यार्थीहरू पनि जुन २८ देखि केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामा तथा परीक्षा र शिक्षा प्रणालीमा सुधारको माग गर्दै अनिश्चितकालीन भोक हडतालमा थिए । वाङ्चुकलाई भने अनिश्चितकालीन भोक हडतालमा बसेको २१ औं दिन शनिबार दिल्ली प्रहरीले वाङ्चुकलाई जबर्जस्ती उठाएर सफदरजंग अस्पताल पुर्‍याएको छ । वाङ्चुकले अनशन तोड्नका लागि ३ सर्त अघि सारेका छन् । Three AISA students break fast to death after 23 days at Delhi's Jantar Mantar

वाङ्चुकले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, 'प्रिय साथीहरू र समर्थकहरू, तपाईंहरूमध्ये धेरैले म आफ्नो अनशन कहिले समाप्त गर्छु भनेर सोधिरहनुभएको छ । मैले पहिले पनि भनेझैं, म जुलाई २० मा आफ्नो अनशन अन्त्य गर्नेछु, यदि सरकारले प्रश्नपत्र चुहावटजस्ता हालैका शैक्षिक अव्यवस्थाका घटनाप्रति जिम्मेवारी स्वीकार गर्छ भने वा यदि सांसदहरू र कक्रोच जनता पार्टी(सीजेपी)का नेताहरू संसद् पुगेर राजनीतिक दलहरूले यो मुद्दा संसद्‍मा उठाउने प्रतिबद्धता जनाउँछन् भने म आफ्नो अनशन अन्त्य गर्नेछु वा यदि स्वास्थ्य वा अन्य कुनै कारणले मेरो लागि अनशनलाई निरन्तरता दिन सम्भव भएन भने पनि म अनशन अन्त्य गर्नेछु, तर त्यसका लागि विभिन्न राजनीतिक दलका सांसद र नेताहरू अस्पतालमा आएर यही आश्वासन दिनुपर्नेछ ।'

यतिबेला जन्तर-मन्तर क्षेत्रमा करिब ८ हजार युवाहरू भेला भएको दिल्ली प्रहरीको भनाइ छ । वाङ्चुकको आह्वानअनुसार सोमबार बिहान ९ बजे संसद्सम्म मार्च गरिने तय भए पनि प्रहरीले ठाउँठाउँमा ब्यारिकेड राखेकाले बीचमै रोकिएका छन् ।

सीजेपीले भने सरकारसँग आफूहरूले जवाफदेहिता माग गरेको र वार्ताका लागि ढोका खुला रहेको बताउँदै आएको छ । प्रहरीले भने मार्चका लागि अनुमति नलिएको जनाएको छ । हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीले युवाहरूमाथि लाठीचार्जसमेत गरेको छ । 

कान्तिपुर

Link copied successfully