इरान युद्धको ‘फिनिस लाइन’ देखियो : अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य हुने संकेत देखिएको बताएका छन्।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Iran war 'finish line' in sight: US Secretary of State

काठमाडौँ — अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य हुने संकेत देखिएको बताएका छन्।

फक्स न्युजसँग कुराकानी गर्दै उनले इरानसँग कुनै पनि बेला सिधा भेटघाट हुनसक्ने दाबी गरे।

‘कुराकानी चलिरहेको छ, कुनै पनि बेला सिधा भेटघाट हुन सक्छ,’ रुबियोले भने, ‘हामी सधैं यसका लागि तयार छौं।’

यद्यपि, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग झुटा वा देखावटी वार्ता नगर्ने बताएका छन्।

‘राष्ट्रपति ट्रम्प इरानले झुटा वा देखावटी कुराकानी गरेर जोगिएकाे देख्न चाहनुहुन्न,’ रुबियोले भने। उनले युद्ध अन्त्यको ‘फिनिस लाइन’ देखिएको पनि उल्लेख गरे।

रुबियोले भने, ‘म कुनै समयसीमा तय गर्न चाहन्नँ, तर फिनिस लाइन देखिइरहेको छ।’

यसअघि राष्ट्रपति ट्रम्पले दुईदेखि तीन हप्ताभित्र अमेरिका इरानबाट बाहिरिने बताएका थिए।

कान्तिपुर

Link copied successfully