दुईदेखि तीन हप्ताभित्र इरान छाड्छौं : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताएका छन्।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

We will leave Iran in two to three weeks: Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताएका छन्।

तर त्यसका लागि इरानी शासनले वर्षौँसम्म परमाणु हतियार नबनाउने कुरामा आफूहरू निश्चित हुनुपर्ने उनले उल्लेख गरेका छन्।

ओभल अफिसबाट बोल्दै ट्रम्पले भने, ‘इरान सम्झौता गर्न भिख मागिरहेको छ, तर त्यो हुन्छ कि हुँदैन भन्ने कुरा अमेरिकाको समयतालिकाका लागि अप्रासंगिक छ।’

यसअघि, इरानी राष्ट्रपति मसुद पेजेशकियनले तेहरानसँग युद्ध अन्त्य गर्ने ‘आवश्यक इच्छाशक्ति’ रहेको तर शत्रुहरूले फेरि आक्रमण नगर्ने ग्यारेन्टी चाहिने बताएका थिए।

हर्मुज क्षेत्रमा बेलायतलगायतका देशहरूको सैन्य सहयोग नपाएपछि आक्रोशित ट्रम्पले ‘आफ्नाे तेल आफैं लैजाऊ’ भन्दै अमेरिका त्यहाँ कसैलाई पनि सहयोग गर्न उपलब्ध नहुने बताएका थिए।

कान्तिपुर

Link copied successfully