लारिजानीको हत्यापछि इरानले भन्यो- निर्णायक बदला लिन्छौं

इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

चैत्र ४, २०८२

कान्तिपुर संवाददाता

After Larijani's assassination, Iran said - we will take decisive revenge

काठमाडौँ — इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई आक्रमणमा मारिएका अली लारिजानीको हत्याको ‘निर्णायक’ बदला लिने चेतावनी दिएका छन्।

इरानले मंगलबार देशको ‘सुप्रिम नेशनल सिक्योरिटी काउन्सिल’का सचिव अली लारिजानीको मृत्यु पुष्टि गरेको थियो। त्यसअघि इजरायलले लारिजानीलाई मारेको दाबी गरेको थियो।

‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रगतको प्यासी जियोनिस्ट शासन (इजरायल)लाई यस्तो निर्णायक जवाफ दिइनेछ, जो अरूका लागि पाठ बन्नेछ,’ हातामीले एक वक्तव्यमा भने, ‘उनीहरूलाई आफ्नो कर्ममा पछुतो हुनेछ।’

उनले लारिजानी र अन्य सहिदहरूको मृत्युको बदला लिइने बताए। त्यस्तै, इरानको रिभोल्युसनरी गार्ड्स (आईआरजीसी)ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा मिसाइल प्रहार गरेको जनाएको छ।

आईआरजीसी इरानको सेनाभित्रको एक अलग संगठन हो।

कान्तिपुर

Link copied successfully