पाकिस्तानी हमलाबाट २० जनाको मृत्यु, जवाफी कारबाही गर्ने अफगानिस्तानको चेतावनी

हमलाबाट नंगरहार र पक्तिका प्रान्तमा करिब २० जनाको ज्यान गएको तालिबान सरकारका प्रवक्ताले बताएका छन्।

फाल्गुन १०, २०८२

कान्तिपुर संवाददाता

20 killed in Pakistani attack, Afghanistan warns of retaliation

काठमाडौँ — पाकिस्तानले गरेको हवाई हमलाबाट महिला र बालबालिका मारिएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ। साथै यसविरुद्ध उचित समयमा जवाफी कारबाही गर्ने समेत चेतावनी दिएको छ।

खुफिया जानकारी अनुसार भन्दै पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रमा सात आंकवादी शिविरमा हवाई हमला गरेको पाकिस्तानले बताएको थियो।

उक्त हमलाबाट नंगरहार र पक्तिका प्रान्तमा करिब २० जनाको ज्यान गएको तालिबान सरकारका प्रवक्ताले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। नंगरहारमा एक घरमाथि भएको हमलामा त्यत्रो संख्यामा मानिस मारिएका हुन्। त्यस्तै पक्तिकामा एक मदरसालाई निशाना बनाइएको बताएको छ। 

तालिबान सरकारको रक्षा मन्त्रालयले बयान जारी गर्दै नांगरहार र पक्तिका प्रान्तको ‘नागरिक इलाका’मा हमला गरेको भन्दै निन्दा गरेको छ। 

पाकिस्तानले भने यो कारबाही हालै आफ्नो देशमा भएको आत्मघाती हमलाको जवाफमा भएको बताएको छ।

अफगानिस्तानको तालिबान सरकारलाई कैयौंपटक ती आतंकवादी समूहविरुद्ध ठोस कारबाही गर्न आग्रह गरेको तर त्यसमा केही पनि नगरेको आरोप पाकिस्तानको छ। 

त्यस्तै पाकिस्तानले तालिबान सरकारसँग आफ्नो भूमि प्रयोग गर्नबाट आतंवादीलाई रोक्न समेत आग्रह गर्दै आएको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully