यो कारबाही हालै आफ्नो देशमा भएको आत्मघाती हमलाको जवाफमा भएको पाकिस्तानको भनाइ छ।
काठमाडौँ — पाकिस्तानले अफगानिस्तान सीमा क्षेत्रमा हवाइ हमला गरेको छ। त्यहाँका सात आतंकवादी शिविरमा आक्रमण गरेको पाकिस्तानको दाबी छ।
पाकिस्तानको सूचना एवं प्रसारण मन्त्रालयलाई उल्लेख गर्दै बीबीसी हिन्दीले दुई आतंकवादी संगठनको शिविरमा आक्रमण भएको बताएको छ। यो कारबाही हालै आफ्नो देशमा भएको आत्मघाती हमलाको जवाफमा भएको पाकिस्तानको भनाइ छ।
‘यो आतंकवादी हमला ख्वारिजले आफ्नो अफगानिस्तानस्थित लीडरशिप र हैन्डलर्सको निर्देश अनुसार गरेको पाकिस्तानसँग काफी प्रमाण छन्,’ पाकिस्तानको सञ्चार मन्त्रालयले भनेको छ, ‘यो हमलाको जिम्मेवारी अफगानिस्तानस्थित पाकिस्तानी तालिबान, इस्लामिक स्टेट अफ खोरासान प्रान्तले पनि लिएको थियो।’
अफगानिस्तानको तालिबान सरकारलाई कैयौंपटक ती आतंकवादी समूहविरुद्ध ठोस कारबाही गर्न आग्रह गरेको तर त्यसमा केही पनि नगरेको आरोप पाकिस्तानको छ।
त्यस्तै पाकिस्तानले तालिबान सरकारसँग आफ्नो भूमि प्रयोग गर्नबाट आतंवादीलाई रोक्न समेत आग्रह गर्दै आएको छ।
