पाकिस्तानको खैबर पख्तुनख्वाहमा सैन्य चौकीमा आत्मघाती आक्रमण, १० सुरक्षाकर्मी मारिए

स्थानीय प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा १० जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेका छन् ।

फाल्गुन ५, २०८२

कान्तिपुर संवाददाता

Suicide attack on military post in Pakistan's Khyber Pakhtunkhwa, 10 security personnel killed

काठमाडौँ — पाकिस्तानको खैबर पख्तुनख्वाहमा एक सैन्य चौकीमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १० सुरक्षाकर्मी मारिएका छन् भने कैयौं घाइते भएका छन् ।

बीबीसी उर्दूका अनुसार बाजौर जिल्लाको मलंगी क्षेत्रमा रहेको सुरक्षा चौकीमा विस्फोटकले भरिएको गाडीमा धमाका भएको थियो । उक्त भवन पहिला एक मदरसता रहेको र पछि त्यहाँ सुरक्षा चौकी बनाइएको बताइएको छ । 

प्रहरी अधिकारीले आक्रमणमा कम्तीमा १० जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेका छन् । मर्नेहरुमा एक प्रहरी र फ्रन्टियर कोरका ९ जना सैनिक रहेका छन् ।

पाकिस्तानी सेनाका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन् । खैबर पख्तुनख्वाहका मुख्यमन्त्री सोहेल अफरीदीले यस आक्रमणको निन्दा गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully