अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार, भेनेजुएलाको सार्वजनिक कोषबाट हिनामिना गरिएको धन लुकाउन नमिल्ने गरी स्विजरल्याण्डले तत्काल लागू हुने गरी यस्तो निर्णय गरेको हो।
What you should know
काठमाडौँ — स्विजरल्याण्ड सरकारले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनीसँग आबद्ध व्यक्तिहरूको बैंक खाता तथा सम्पत्ति रोक्का गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार, भेनेजुएलाको सार्वजनिक कोषबाट हिनामिना गरिएको धन लुकाउन नमिल्ने गरी स्विजरल्याण्डले तत्काल लागू हुने गरी यस्तो निर्णय गरेको हो।
सन् २०१८ देखि नै भेनेजुएलामाथि प्रतिबन्ध लगाउँदै आएको स्विजरल्याण्डले हालसम्म ५४ जना उच्च अधिकारीहरूको सम्पत्ति रोक्का गर्नुका साथै उनीहरूलाई यात्रामा पनि प्रतिबन्ध लगाइसकेको छ।
स्विजरल्याण्डको संघीय परिषद्ले एक विज्ञप्ति जारी गर्दै कानुनी प्रक्रियापछि उक्त रकम जनतालाई फिर्ता गरिने र शंकास्पद सम्पत्ति देशबाहिर लैजान रोक्न यो कदम चालिएको स्पष्ट पारेको छ। यदि भविष्यमा हुने कानुनी छानबिनबाट उक्त सम्पत्ति अवैध तवरले आर्जन गरिएको पुष्टि भएमा त्यसलाई भेनेजुएलाका जनताकै हितका लागि फिर्ता गरिने समेत सरकारले प्रतिवद्धता जनाएको छ।
अमेरिकाले भेनेजुएलामा अप्रत्याशित हमला गरी निवासबाटै राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको थियो । अमेरिकी अधिकारीहरूका अनुसार यो कारबाही शीतयुद्धपछिको दक्षिण अमेरिकामा भएको सबैभन्दा ठूलो सैन्य हस्तक्षेप हो ।
अमेरिकाले मदुरोलाई पक्राउ गर्न लामो समयदेखि तयारी गरेको थियो । अमेरिकी जासुसी निकायहरूले केही महिनादेखि मदुरोको हरेक गतिविधि नियालिरहेका थिए । मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लगाउँछन् र उनले पालेका घरपालुवा जनावरसम्मको सूचना संकलन गर्नभेनेजुएला सरकारभित्रै एक जना अमेरिकी ‘स्रोत’ परिचालन गरिएको थियो ।
सम्बन्धित समाचार
ट्रम्पले सार्वजनिक गरे राष्ट्रपति मदुरोको तस्बिर
निवासभित्रै छिरेर भेनेजुएलाका राष्ट्रपतिलाई कसरी कब्जामा लियो अमेरिकाले ?
अमेरिकाले मदुरोलाई लगेपछि भेनेजुएलाको सत्ता कसको हातमा पुग्यो ?
