मदुरोलाई अदालत लगिँदै, 'नार्को-टेरोरिजम' अभियोगमा सुनुवाइ हुने

अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको थियो । हाल उनीहरू दुवैलाई ब्रुकलिनस्थित जेलमा राखिएको छ ।

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Maduro is being taken to court, to be tried on 'narco-terrorism' charges

काठमाडौँ — अमेरिकी सेनाको कारबाहीमा नियन्त्रणमा लिइएका भेनेजुएलाका निवर्तमान राष्ट्रपति निकोलस मदुरोलाई सोमबार म्यानहटन संघीय अदालतमा उपस्थित गराइने भएको छ । उनलाई 'नार्को-टेरोरिजम' (लागुऔषध आतंकवाद) सम्बन्धी गम्भीर अभियोगमा सुनुवाइका लागि अदालत लैजान लागिएको हो ।

अमेरिकी सैन्य टोलीले गत सप्ताहान्तमा भेनेजुएलाको राजधानी काराकासबाट ६३ वर्षीय मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई एउटा ‘सरप्राइज रेड’ मार्फत नियन्त्रणमा लिएको थियो । हाल उनीहरू दुवैलाई ब्रुकलिनस्थित जेलमा राखिएको छ ।

अमेरिकी जिल्ला न्यायाधीश एल्विन के. हेलरस्टाइनको इजलासमा सोमबार दिउँसो १२ बजे (नेपाली समय अनुसार राति करिब १०:४५ बजे) उनीहरूको सुनुवाइ तय गरिएको छ । मदुरोले आफ्नो पक्षमा वकिल नियुक्त गरे नगरेको वा अदालतमा कसरी प्रस्तुत हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

मदुरोविरुद्ध के छ अभियोग ?

सन् २०२० मै अमेरिकाले मदुरोविरुद्ध लागुऔषध तस्करीको अभियोग दर्ता गरेको थियो । शनिबार सार्वजनिक गरिएको नयाँ अभियोग पत्रमा मदुरोले भेनेजुएलाको सत्तामा रहँदा मेक्सिकोको सिनालोआ र जेटास जस्ता कुख्यात कार्टेलहरूसँग मिलेर अमेरिकामा हजारौँ टन कोकिन भित्र्याएको उल्लेख छ ।

त्यस्तै मदुरोले आफ्नै नेतृत्वमा 'स्टेट स्पोन्सर्ड' (राज्य संरक्षित) लागुऔषध तस्करी सञ्जाल चलाएको र त्यसबाट प्राप्त रकम आफ्नो र परिवारको हितमा प्रयोग गरेको आरोप छ ।

विदेशमन्त्री रहँदा उनले लागुऔषध तस्करहरूलाई कूटनीतिक राहदानी बिक्री गरेको र तस्करीको पैसा ओसारपसार गर्न कूटनीतिक च्यानल प्रयोग गरेको अभियोग पत्रमा उल्लेख छ ।

कान्तिपुर संवाददाता

Link copied successfully