माचादोले नोबेल शान्ति पुरस्कार पाएसँगै भेनेजुएलाले बन्द गर्‍यो नर्वेस्थित दूतावास

जनताको अधिकार स्थापनाका निम्ति तानाशाही व्यवस्थासँग निरन्तर लडिरहेको भन्दै नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समितिले माचादोलाई पुरस्कृत गरेको थियो ।

आश्विन २८, २०८२

कान्तिपुर संवाददाता

Venezuela closes embassy in Norway after Machado wins Nobel Peace Prize

What you should know

काठमाडौँ — भेनेजुएलाले नर्वेस्थित आफ्नो दूतावास बन्द गर्ने घोषणा गरेको छ । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचादो नोबेल शान्ति पुरस्कार विजेता घोषित भएलगत्तै भेनेजुएलाले यस्तो निर्णय गरेको हो ।

नर्वेको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार भेनेजुएलाले दूतावास बन्द गर्नुको कारण भने खुलाएको छैन । अलजजिरामा प्रकाशित समाचारअनुसार नर्वेको परराष्ट्र मन्त्रालयले नोबेल समिति नर्वे सरकारको नभई स्वतन्त्र संस्था भएको बताएको छ ।

जनताको अधिकार स्थापनाका निम्ति तानाशाही व्यवस्थासँग निरन्तर लडिरहेको भन्दै नोबेल शान्ति पुरस्कार प्रदान गर्ने समितिले माचादोलाई पुरस्कृत गरेको हो । समितिले 'निष्पट्ट अँध्यारोमा पनि लोकतन्त्रको ज्योति जोगाउने काम गरेका कारण' नोबेल शान्ति पुरस्कार प्रदान गरेको बताएको छ ।

माचादोलाई गत वर्ष भएको निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिएको थियो । त्यसपछि उनले विपक्षी दलका उम्मेदवार एडमुन्डो गोन्जोलेस युरुटियालाई समर्थन गरेकी थिइन् । जुन निर्वाचन राष्ट्रपति निकोलास मादुरोले जितेपनि उक्त निर्वाचनको निष्पक्षतामाथी शंका उठ्दै आएको छ । 

भेनेजुएलाले नर्वेका अतिरिक्त अस्ट्रेलियामा रहेको आफ्नो दूतावास पनि बन्द गर्ने निर्णय गरेको छ । भेनेजुएलाले बुर्किना फासो र जिम्बाबेमा दुई नयाँ दूतावास खोल्ने योजना बनाएको छ।

भेनेजुएलामा नर्वे र अस्ट्रेलियाको भने आफ्नै दूतावास छैनन् । उनीह्यरुले कोलम्बियामा रहेका आफ्ना दूतावासमार्फत भेनेजुएलामा वाणिज्य र कन्सुलर सेवा सञ्चालन गर्दै आएका छन् । 

सम्बन्धित समाचार 

भेनेजुएला संकट : गुआइडोलाई ईयू राष्ट्रको समर्थन

भेनेजुएला संविधानसभा चुनाव: मडुरोद्वारा जित दाबी

भेनेजुएला संकट–सुन नकिन्न टर्कीलाई चेतावनी

ड्राेन आक्रमणबाट भेनेजुएलाका राष्ट्रपति जोगिए

कान्तिपुर संवाददाता

Link copied successfully