इलन मस्क रिपब्लिकनका ‘नयाँ स्टार’ : ट्रम्प 

कार्तिक २१, २०८१

एजेन्सी

Elon Musk Republicans' 'New Star': Trump

काठमाडौँ — अमेरिकी राष्ट्रपतिमा जित निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले समर्थकहरूलाई सम्बोधन गरेका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् । 

सम्बोधनका क्रममा ट्रम्पलाई समर्थकहरूले अर्बपति इलन मस्कबारे बोल्न आग्रह गरेका थिए । त्यसपछि उनले मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ तारा’ को रूपमा वर्णन गरेका छन् । 

समर्थकहरूमाझ बोल्दै ट्रम्पले मस्कलाई ‘अद्भुत व्यक्ति’ को रूपमा वर्णन गरे । मस्कको स्टारलिंक स्याटेलाइट सेवाले गत अक्टोबरमा दक्षिणपूर्वी अमेरिकामा विनाशकारी तुफान हेलेनको समयमा धेरै मानिसहरू बचाउन मद्दत गरेको ट्रम्पले बताए । 

‘मस्क एक विशेष मानिस हुन, उनी निकै प्रतिभाशाली छन् । हामीले हाम्रा प्रतिभाहरूलाई जोगाउनुपर्छ, हामीसँग यस्ता प्रतिभाशाली व्यक्ति धेरै छैनन् ।’

अमेरिकी राष्ट्रपति निर्वाचन

एजेन्सी

Link copied successfully