सन् १९९३ मा आजकै दिन : जोर्डनको संन्यास घोषणा

आश्विन १९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९३ मा आजकै दिन (अक्टोबर ६) बास्केटबल खेलाडी माइकल जोर्डनले संन्यासको घोषणा गरेका थिए ।

जोर्डन सर्वकालीन महान् बास्केटबल खेलाडीका रूपमा विश्वभर चर्चित छन् । संन्यास घोषणा गरेको एक वर्षपछि अर्थात् १९८४ देखि फेरि उनले सिकागो बुल्सका तर्फबाट नेसनल बास्केटबल एसोसिएसन (एनबीए) मा खेल्न सुरु गरेका थिए । 

जोर्डनको उत्कृष्ट प्रदर्शनसँगै सिकागो बुल्स १९९१, १९९२, १९९३, १९९६, १९९७ र १९९८ गरी ६ पटक एनबीए च्याम्पियन बनेको थियो । ‘स्कोरिङ र लिपिङ’ का लागि विश्वकै उत्कृष्ट बास्केटबल खेलाडीका रूपमा परिचित जोर्डन १९९५ मा पुनः एनबीएमा फर्केका थिए ।

१९६३ को फेब्रुअरी १७ मा अमेरिको न्युयोर्कमा जन्मिएका जोर्डनले १९८१ मा नर्थ क्यारोलाइना विश्वविद्यालयका तर्फबाट बास्केटबल खेल्न सुरु गरेका थिए । जोर्डनले अमेरिकी टिमका तर्फबाट १९९८४ र १९९२ मा गरी दुईवटा ओलम्पिक गोल्ड मेडलसमेत जितेका छन् । उनले २००३ देखि मात्र खेलबाट संन्यास लिएका हुन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully