कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजकै दिन : बम आक्रमणमा मारिएका थिए गान्धी

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (मे २१) मा भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्या भएको थियो । तामिलनाडुमा आयोजित चुनावी सभामा गराइएको बम विस्फोटमा उनको ज्यान गएको थियो । 

आजकै दिन : बम आक्रमणमा मारिएका थिए गान्धी

राजनीतिमा खासै रुचि नभएका राजीव १९८० मा दाइ सञ्जय गान्धीको विमान दुर्घटनामा मृत्यु भएपछि १९८१ को फेब्रुअरीमा राजनीतिमा प्रवेश गरेका हुन् । सोही वर्ष अमेठीबाट चुनाव उठेका उनी लोकसभा सांसदमा अत्यधिक मतले विजयी भए । १९८४ को अक्टोबर ३१ मा दुई जना सिख अंगरक्षकहरूले प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेपछि राजीव ४० वर्षको उमेरमा भारतको प्रधानमन्त्री बनेका थिए ।

१९८९ को आम चुनावमा कंग्रेस पार्टी पराजित भएपछि उनी प्रतिपक्षमा पुगे । बोफोर्स कान्ड, सिख दंगा, भोपाल ग्यास घटना, श्रीलंका नीतिलगायत कारण कंग्रेस पराजित भएको थियो । १९९१ मा चुनाव घोषणा भएपछि तमिलनाडुको श्रीपेरुमबदुरमा आयोजित चुनावी र्‍यालीमा उनको हत्या भएको हो । धनु (तेनमोजी राजरत्नम) ले राजीवलाई फूलको हार लगाएर खुट्टा छुन निहुरिने क्रममा कम्मरमा बाँधेको विस्फोटक पदार्थ विस्फोट गराएकी थिइन् ।

आक्रमणमा राजीव र आक्रमणकारी धनुसहित १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए । आफ्नो कार्यकालमा श्रीलंकामा शान्ति सेना पठाएका कारण रुष्ट श्रीलंकाको पृथकतावादी समूह लिबरेसन टाइगर अफ तमिल इलम (लिट्टे) ले उनको हत्या गरेको हो ।

प्रकाशित : जेष्ठ ७, २०८० ०७:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?