वीरमा बेथिति, मारमा बिरामी

सरकारको पछिल्लो एउटा निर्णयका कारण वीर अस्पतालमा बिरामीलाई सकस भइरहेको छ । त्यो निर्णय हो, पदाधिकारीको पदमुक्ति । यसका साथै दुई दिने बिदा र स्वास्थ्य बिमा बन्दलगायतले बिरामी मारमा परेका हुन् ।

जेष्ठ २६, २०८३

विशाल कार्की

What you should know

काठमाडौँ — वीर अस्पतालमा नेपालभरिका बिरामी आउने ठाउँ हो । सानो उपचारका लागि पनि हजारौं रकम खर्च गरेर बिरामीहरू यहाँ आउँछन् । कारण हो पुरानो विश्वासिलो, सस्तो उपचार र अनुभवी डक्टरबाट स्वास्थ्य सेवा । तर सरकारको पछिल्लो एउटा निर्णयका कारण वीर अस्पतालको व्यवस्थापनमा बिरामीले मर्का भोगिरहेका छन् । 

त्यो निर्णय हो, पदाधिकारीको पदमुक्ति । 

सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशले २०८२ साल चैत १२ गतेभन्दा अगाडि नियुक्त भइ बहाल रहेका पदाधिकारीहरूको नियुक्तिमा जुनसुकै सर्त, सुविधा र पदावधि तोकिएको भए तापनि बर्खास्त गर्ने भन्यो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वरियताका आधारमा ११ औं तहकी सहप्राध्यापक डा. प्रभा चापागाईंलाई कार्यवाहक निर्देशकमा नियुक्त गर्‍यो ।

अन्य अस्पतालले स्वास्थ्य बिमा बन्दा गर्दा वीरमा बिरामीको चाप छ । क्यान्सरका बिरामीलाई किमो चढाउँदा दिइने अतिआवश्यक औषधीको अभाव छ । स्वास्थ्य बिमाको धेरैजसो औषधी फार्मेसीमा छैन । भएका दुवै सिटी स्क्यान ३ महिनादेखि बिग्रिएका छन् । एक्सरे, एमआरआई प्रिट गर्ने फिल्म अभाव छ । प्रिन्ट भएको एक्सरे, एमआरआई राख्ने ठाउँ छैन । डाक्टर, नर्सले प्रयोग गर्ने मेडिकल पञ्जा स्टक छैन । कर्मचारीले २ महिनादेखि तलब नपाउँदा आन्दोलनरत छन् । पीटीआईएनआर परीक्षण गर्न चाहिने रिएजेन्ट अभाव छ ।

जेठ दोस्रो साता अन्त्यतिरको कुरा हो । ४० वर्ष आसपासका एक पुरुषको मृत्यु भयो । रिएजेन्टको अभावमा परीक्षण रोकिएपछि थप उपचार प्रक्रिया प्रभावित हुँदा बिरामीको मृत्यु भएको हो । अस्पतालभर वितरण हुने सेन्ट्रल एसी बिग्रिएको छ । तर वीरमा ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।

आइतबार सेवा दिन मन्त्रालयले गरेको पत्राचार पनि अस्पतालले कार्यान्वयन गरेन । सोमबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अस्पतालमा ओपीडी सेवा खुल्ला रहने सूचना टाँसिएको छ । टिकट भने बिहान ७ बजेदेखि खुल्ला हुन्छ ।

आइतबार अस्पताल नखुल्दा, अन्य अस्पतालमा बिमाबाट सेवा नपाउँदा बिरामी भने वीरमै आउने गरेका छन् । हामीले वीर अस्पतालमा सेवा लिन आएन बिमारी र उनीहरूका आफन्तहरूसँग कुराकानी गरेका छौं । अन्तिममा कार्यवाहक निर्देशकको जवाफ पनि लिएका छौं ।

यससम्बन्धी विस्तृत रिपोर्टिङ पढ्नुहोस् :

विशाल

Link copied successfully