'सभामुखले निर्देशन दिनुपर्यो कि ७७ जिल्लामै बजेट किन गएन ? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई । सभामुखलाई एमालेले जे भन्यो त्यही निर्देशन हुन्छ । सभामुख संसद्को हो, एमालेको होइन'
काठमाडौँ — सांसद अमरेशकुमार सिंहले बजेट विनियोजनमा विभेदमा परेका ७२ जिल्लालाई लिजमा दिँदा हुन्छ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ । संसद्मा बोल्ने क्रममा स्वतन्त्र सांसद सिंहले बजेटमा पाँच जिल्ला मात्रै भाग्यमानी भएको र बाँकी जिल्लामाथि विभेद भएको बताएका थिए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सिंहले भने, 'नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु कि चार-पाँच जिल्ला भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्लालाई लिजमा दिउँ अर्को देशलाई । अमेरिका, चाइना, भारतलाई दिउँ । बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ? कर लिनका लागि मात्रै राख्ने ?'
पूरा पढ्न : सांसद अमरेश सिंहले ७२ जिल्लालाई अमेरिका, चीन वा भारतलाई लिजमा दिऔं भनेपछि...