काठमाडौँ — करण केसीले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १ सय विकेट पूरा गरेका छन् । तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डविरुद्धको खेलबाट करणले १ सय विकेटको आँकडालाई छोएका हुन् । ३३ वर्षे करणले ८० खेलमा १ सय विकेट पूरा गरेका हुन् ।
करणले खेलको दोस्रो तथा आफ्नो पहिलो ओभरको तेस्रो बलमा जर्ज मुन्सीलाई ८ रनमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराई आफ्नो १ सय विकेट पूरा गरेका हुन् ।
करण ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो नेपाली खेलाडी हुन् । सन्दीप लामिछानेले नेपालबाट ५८ खेलमा १ सय ११ विकेट लिइसकेका छन् । सोमपाल कामी ७८ खेलमा ७६ विकेटका साथ तेस्रो, अविनाश बोहरा ६२ खेलमा ७५ विकेटका साथ चौथो र दीपेन्द्रसिंह ऐरी ८० खेलमा ५० विकेटका साथ नेपालबाट सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाँचौं स्थानमा छन् ।
१० वर्ष अगाडि नेपालको नेदरल्यान्ड्स भ्रमणमा एमस्ट्राडाममा नेदरल्यान्ड्सविरुद्ध खेलेर करणले ट्वान्टी–२० अन्तर्राष्ट्रियको यात्रा सुरु गरेका थिए । नेदरल्यान्ड्सको खेलबाट करण र दीपेन्द्र नेपालका लागि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ८० खेल खेल्ने खेलाडी बनेका छन् ।
पूरा पढ्न : करणको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा १ सय विकेट