रेफ्रीको उदारताले बढेको खेल गति

स–साना ‘फाउल’ मा रेफ्रीलाई सिटी नबजाउन र खेलको गति कायम राख्न प्रोत्साहन गरिएको छ 

असार १६, २०८३

रोयटर्स

The referee's generosity increased the pace of play.

What you should know

न्युयोर्क — विश्वकपको एउटा विशेषता हो, अलिकति उदार रेफ्री । यसै कारण खेलको गति मात्र बढेको छैन, अब आउने फुटबलको विशेषता पनि बन्ने छ । रेफ्रीलाई यसपल्ट स–साना ‘फाउल’ मा ह्विसल नबजाउन र खेलको क्रमलाई कायम राख्न प्रोत्साहन गरिएको छ । यसले खेलको ‘इन्ज्युरी’ समय घटेको मात्र छैन, बलसहितका खेलको समय पनि बढेको छ । 

यसै कारण गोलसंख्या पनि बढेको छ । लिग चरणका समाप्तिमा निकालिएको तथ्यांकअनुसार यस विश्वकपमा त्यस्ता खेलाडी बढी चम्कने सम्भावना बढेको छ, जसको शारीरिक क्षमता अरूको तुलनामा केही बढी छ । यसको अर्थ के पनि रहेको छ भने खेलाडीलाई शारीरिक रूपमा अलिकति बढी नै मिहिनेत पनि गर्नुपर्नेछ । फुटबलमा आएको यो परिवर्तनलाई धेरैले स्वागत गरेका छन् । 

यसको एउटा डर पनि हुनेछ, विशेषतः चोटग्रस्त खेलाडीलाई । सामान्य चोट बोकेको खेलाडीलाई अब फुटबल खेल्नमा अझ गाह्रो हुनेछ । त्यतिमात्र नभएर चोटमुक्त भएर मैदानमा फर्कन प्रयास गरिरहेका खेलाडीलाई पनि अहिलेको अत्यधिक गतिशील फुटबलले अप्ठ्यारो पार्न सक्नेछ । फुटबलमा तथ्यांक विश्लेषण गर्ने क्रिस वेस्ट भन्छन्, ‘अहिलेसम्मको खेलमा खेलाडीले तय गर्ने दूरी बढेको छैन, तिनको गति भने बढेको छ ।’

अब अधिकांश टिमले विपक्षी टिमको नियन्त्रणमा बल हुँदा गति बढाएर खेल्ने प्रयास गर्ने गरेका छन् । यस्तै विपक्षी टिमको लय बिगार्न पनि गति बढाउने काम गर्ने गरेको छ । यसै कारण बलमाथि नियन्त्रण नरहे पनि कुनै पनि टिमको आक्रमणको क्रम जारी रहने सम्भावना बढेको छ । वेस्ट थप्छन्, ‘अब फुटबल अत्यधिक गतिको खेलमा परिणत भएको छ ।’

फुटबल बढी आक्रमण हुनु पछाडि एउटा ठोस कारण त रेफ्रीको उदारता नै हो । ब्राजिली फुटबल विशेषज्ञ लेन्डिओ कारमोनले भन्छन्, ‘अहिले रेफ्रीले अधिकांश सामान्य ट्याकलका कारण खेल रोक्न छाडेका छन् । अब सामान्य ट्याकल खेलकै एक भाग हुनेछ ।’ 

विश्व फुटबलको सर्वोच्च संस्था फिफाको पनि नीति छ, सक्दो खेलमा अवरोध नपुर्‍याउने । फिफाको रेफ्री विभागका प्रमुख पियरलुइजी कोलिना यस्तै निर्देशन दिने गरेका छन् । यसको उद्देश्य हो, खेल जति गतिशील भयो, त्यति राम्रो । तथ्यांकले भनेको छ भने यसपल्टको विश्वकपमा सन् २०१८ को संस्करणको तुलनामा २९.३ र सन् २०२२ को संस्करणको तुलनामा २७.७ प्रतिशतले ‘फाउल’ घटेको छ । यसै कारण पहेँलो कार्डको संख्या पनि घटेको छ, तर यही बेला रातो कार्डको संख्या भने बढेको छ । 

तीव्र गतिको फुटबलले खेलाडीलाई अत्यधिक गलाउने काम गरेको छ । यही गतिले फुटबल खेल्ने हो भने खेलाडीका चोटको मात्रा भने बढ्न सक्नेछ । यसै कारण जहाँ अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका केलियन एमबाप्पे जस्ता खेलाडी लयमा देखिएका छन्, त्यहीं ब्राजिलका नेयमरलाई मैदानमा फर्किन पनि बढी समय चाहिने स्थिति बनेको छ ।

विश्वकप २०२६

रोयटर्स

Link copied successfully