सडन डेथमा पाराग्वेद्वारा जर्मनी स्तब्ध

पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी । यससँगै विश्वकप प्रतियोगितामा चार पल्टको च्याम्पियन जर्मनीको चुनौती समाप्त भएको छ ।

असार १६, २०८३

हिमेश

Germany stunned by Paraguay in sudden death

काठमाडौँ — पाराग्वेले सडन डेथमा जर्मनीलाई पराजित गर्दै मंगलबार विश्वकप २०२६६ को अन्तिम १६ मा प्रवेश गरेको छ । पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी रहेको हो । जोनाथन ताह छैटौं पेनाल्टीमा चुकेपछि पाराग्वेका लागि जोसे क्यानाले निर्णायक गोल गरे ।

पाराग्वेका जितमा गोलरक्षक ओरलान्डो गिल नायक रहे र उनले जर्मनीका दुई प्रहार रोके । जर्मन गोलरक्षक म्यानुएल नोयाले पनि दुई बचाउ गरे पनि त्यो पर्याप्त रहेन । यससँगै प्रतियोगितामा चार पल्टको च्याम्पियन जर्मनीको चुनौती समाप्त भएको छ ।

निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको हो । बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वेले ४२ औं मिनेटमा जुलियो एनसिसोको गोलले अग्रता लिएको थियो । तर यो लामो समय टिकेन र ५४ औ मिनेटमा जर्मनीका लागि काइ हार्भटेजले बराबरी गोल फर्काए ।

ताहले अतिरिक्त समयमा जर्मनीका लागि गोल गरे पनि त्यसले मान्यता भने पाएन ।

विश्वकप २०२६

हिमेश

Link copied successfully