दक्षिण अफ्रिका पहिलो पटक नकआउट चरणमा

दक्षिण अफ्रिकाले विश्वकप इतिहासमै बिहीबार पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको छ ।

असार ११, २०८३

कान्तिपुर संवाददाता

South Africa in the knockout stages for the first time

काठमाडौँ — दक्षिण अफ्रिकाले विश्वकप इतिहासमै बिहीबार पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको छ । दक्षिण अफ्रिकाले यसका लागि स्टाडियो मोन्टेरीमा भएको समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो ।

खेलको एक मात्र निर्णायक गोल थपेलो मासेकोले ६३ औं मिनेटमा गरे । यो जितपछि दक्षिण अफ्रिका चार अंकमा समूहको दोस्रो स्थानमा रह्यो । मेक्सिको भने लगातार तेस्रो खेल जितेर नौ अंकसहित शीर्ष स्थानमा रह्यो ।

सह–आयोजक मेक्सिको यसअघि नै अर्को चरण पुग्ने निश्चित भइसककेको थियो । उसले मेक्सिको सिटी स्टेडियममा भएको अर्को खेलमा चेक गणतन्त्रलाई ३–० ले हरायो । माटेओ चाभेजले ५५ औं मिनेटमा मेक्सिकोका लागि पहिलो गोल गरे ।त्यसपछि जुलियन क्विनोनेसले ६१ औं मिनेटमा दोस्रो गोल थपे । 

इन्ज्युरी समयको चौथो मिनेटमा अल्भारो फिडाल्गोले तेस्रो गोल गरे । हारले चेक गणतन्त्रको प्रतियोगितामा चुनौती समाप्त भएको छ । चेक टिम एक अंकमै सीमित रह्यो । दक्षिण कोरिया भने तीन अंकमा तेस्रो स्थानमा छ र उसको पनि अर्को चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

दक्षिण कोरियालाई अन्तिम ३२ मा पुग्न दक्षिण अफ्रिकाविरुद्ध एक अंक नै पर्याप्त रहने थियो । तर एसियाली फुटबलको महाशक्ति देशले बराबरी नतिजा पनि हात पार्न सकेन् र उसको प्रदर्शन निराशाजनक रह्यो ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully