क्यानमाथि कारबाही अगाडि नबढाएकामा राखेपलाई चेतावनी पत्र

मन्त्रालयले राखेपलाई पत्र पठाएर क्यानमाथिको कारबाहीसम्बन्धी स्पष्टीकरण मागेको हो ।

वैशाख २८, २०८३

विनाेद पाण्डे, मातृका दाहाल

Warning letter to NSC for not taking action against CAN

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीमाथि कारबाही अगाडि नबढाएको भन्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई चेतावनीसहित पत्र पठाएको छ ।

मन्त्रालयले राखेपलाई पत्र पठाएर क्यानमाथिको कारबाहीसम्बन्धी स्पष्टीकरण मागेको हो । मन्त्रालयले राखेपलाई २३ वैशाखमा पठाएको पत्रअनुसार अख्तियारमा क्यानबारे परेको उजुरी र आन्त्रिक अनुसन्धान गर्न अख्तियारले दिएको निर्देशन बेवास्ता गरेकामा राखेपसँग जवाफ मागिएको हो ।

मन्त्रालयले पठाएको पत्रमा अख्तियारले २०८१/०८/१६ र २०८१/११/२१ मा पठाएको पत्रअनुसार कारबाही र निलम्बन गर्नुपर्नेमा त्यसो नभएकामा राखेपलाई चेतावनी दिइएको छ ।

Warning letter to NSC for not taking action against CANमन्त्रालयले ऐनको दफा २९ बमोजिम किन कारबाही नगर्ने भनी क्यानसँग स्पष्टीकरण माग गरी आवश्यक कागजातसहित जवाफ पेस गर्न राखेपमार्फत निर्देशन पनि दिइएको छ । मन्त्रालयले यो अन्तिम चेतावनी भन्दै कारबाही अघि बढाउन पनि निर्देशन दिएको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा बिनाटेन्डर कार्य गरेको लगायत प्रक्रियागत त्रुटि गरेको भनी तत्कालीन राखेप बोर्ड सदस्य रञ्जना प्रधानको नेतृत्वमा बनेको छानबिन समितिले निर्क्योल गरेको थियो । साथै सो छानबिनका क्रममा क्यानले कागजात उपलब्ध नगराएको भनी आरोप लगाएको थियो । 

विनाेद

मातृका दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully