राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि

पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो भने महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक जितेकी हुन् ।

वैशाख ५, २०८३

विनोद पाण्डे, ध्रुव तुलाधर

Rajan and Santoshi win Kantipur Half Marathon title

What you should know

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् । पुरुषतर्फ राजनले कान्तिपुर हाफ म्याराथन जितेको पहिलो पटक हो भने महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक जितेकी हुन् । 

कान्तिपुर मिडिया ग्रुपको आयोजनामा ‘रन फर नेपाल’ नारासहित शनिबार कान्तिपुर हाफ म्याराथनको १४ औं संस्करण आयोजना भएको हो । दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चार पटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए । केएमजीका अध्यक्ष कैलाश सिरोहिया, प्रमुख कार्यकारी अधिकृत महेश स्वाँर, प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले झन्डोतलन गरेका थिए । 

Rajan and Santoshi win Kantipur Half Marathon titleहाफ म्याराथनबाहेक कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विलचेयर रेस (३ किमि) गरी चार विधामा प्रतिस्पर्धा भएको थियो । कान्तिपुर हाफ म्याराथनमा अहिलेसम्मकै सबैभन्दा बढि ४ हजार धावकले सहभागिता जनाएका थिए । यसअघि २०७५ को कान्तिपुर हाफ म्याराथनमा २ हजार ५ सय ६० जना दौडिएका थिए ।

कान्तिपुरको कार्यालय रहेको तीनकुने अगाडिबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली, गठ्ठाघर, थिमि, सल्लाघारी हुँदै जगाती चोकबाट फन्को लगाएर पुनः कोटेश्वर, तीनकुनेमा आएर टुंगिएको दौड राजनले १ घन्टा ४.०३ मिनेटमा पुरा गरे । 

शीर्ष ३ मा आर्मीका खेलाडीको एकलौटी वर्चस्व रहयो । अर्जुन बुढा १ घन्टा ६.०४ मिनेटका साथ दोस्रो र सुशील शाही १ घन्टा ६.५ सेकेन्डका साथ तेस्रो भए । आर्मीका खडकबहादुर खड्काले जितेका थिए । काठमाडौंका तीर्थ पुन १ घन्टा ७.४२ मिनेटका साथ चौथो, आर्मीकै सञ्जय श्रेष्ठ १ घन्टा ८.०२ मिनेटका साथ पाँचौं र आर्मीकै नरेन्द्र राउत १ घन्टा ९ मिनेट ०३ सेकेन्डका साथ छैटौं भए । 

सन्तोषीले १ घन्टा १८.११ मिनेटमा पुरा गरेर विजेता बनेकी हुन् । धादिङकी उनले गत वर्ष १ घन्टा २३.२८ मिनेटमा पुरा गरेकी थिइन् । कान्तिपुर हाफ म्याराथनका पुरुष र महिलातर्फको विजेतालाई नगद १ लाख ५० हजार र ट्रफी प्रदान गरिएको थियो । 

Rajan and Santoshi win Kantipur Half Marathon titleआर्मीकी निशा पाल १ घन्टा १८.२६ मिनेटका साथ दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपाने १ घन्टा २३.१३ सेकेन्डका साथ तेस्रो भए । आर्मीकी निर्मला केसी १ घन्टा २५.५४ मिनेटका साथ चौथो, एपीएफकी फुलमती राना १ घन्टा २८.४३ मिनेटका साथ पाँचौं र सोनसरी रोकाया १ घन्टा ३२.०३ सेकेन्डका साथ छैटौं भए ।

हाफ म्याराथनतर्फ दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार नगद पाएका थिए । 

अजय पाण्डेले एक्स्ट्रिम कलेज रन (७ किमि) जितेका छन् । उनले २५ मिनेट ३५.१४ सेकेन्डमा दुरी पार गर्दै उपाधि जिते । धमेन्द्र शर्मा दोस्रो र विश्वराम कुँवर तेस्रो भए । धमेन्द्रले २६ मिनेट १८.४० सेकेन्ड र विश्वरामले २६ मिनेट २०.४५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

कलेज रनकै गर्ल्सतर्फ अनुसिया तण्डुकारले उपाधि जितिन् । उनले ३४ मिनेट २१.८५ सेकेन्डमा दौड पूरा गरेका थिए । सजिना रामदाम ३६ मिनेट ३८.०० सेकेन्डबाट दोस्रो र सम्झना कुलुङ ३८ मिनेट ०७.०० सेकेन्डबाट तेस्रो भए । यस कलेज रनमा झन्डै १ हजारको सहभागिता रहेको थियो ।

कलेज रन विजेता इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल हेर्न जाने छन् । आतेजाते हवाई टिकटसहित सबै व्यवस्थापन एक्स्ट्रिम इनर्जीले प्रदान गर्ने गर्न लागेको हो । कर्पोरेट एन्ड इन्फ्लुन्सर तथा कलेज रनतर्फ शीर्ष तीन स्थानका महिला र पुरुष विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

Rajan and Santoshi win Kantipur Half Marathon titleपुकार बस्नेत र कुसुम तामाङले कर्पोरेट तथा इन्फ्लुन्सर तर्फ विजेता बने । ५ किलोमिटर दुरीमा भएको दौडमा माउन्ट एभरेस्ट सेकेन्डरीका पुकारले १७ मिनेट ४२ः६० सेकेन्डमा पूरा गरे । श्री सगरमाथा सेभिङ एन्ड क्रेडिटका रामचन्द्र श्रेष्ठले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र जयमाता दुर्गा यातायातका युन राई १९ मिनेट ०१ सेकेन्डबाट तेस्रो भए । 

महिलातर्फ कुसुमले २४ मिनेट २८.३८ सेकेन्डमा दुरी पार गरिन् । कल्पना महर्जनले २४ मिनेट ३०ः०१ सेकेन्डमा दुरी पार गरेर दोस्रो हुँदा बोलिभा केसीले २४ मिनेट ५४ः६८ सेकेन्डबाट तेस्रो स्थान हासिल गरिन् । कर्पोरेट रनका विजेताहरूले विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार पाएका थिए ।

रमेश खत्री र ऐश्वर्यकुमारी कुमाल ह्विलचेयरतर्फ विजेता बनेका छन् । रमेशले ९ मिनेट २९.२२ सेकेन्डको टाइमिङ निकाले । दीपक आलेमगर ११ मिनेट ०६.०२ सेकेन्डका साथ दोस्रो र रामकाजी मिजार ११ मिनेट ५७.०५ सेकेन्डका साथ तेस्रो भए । पहिलो तीनै स्थानमा आएका काठमाडौं जोरपाटीका हुन् ।

Rajan and Santoshi win Kantipur Half Marathon title

Rajan and Santoshi win Kantipur Half Marathon titleमहिलातर्फ अछामकी ऐश्वर्यले १२ मिनेट २६.९९ सेकेन्डमा पुरा गर्दै पहिलो भइन् । प्युठानकी यामी झाक्री मगर १३ मिनेट ३०.६३ सेकेन्डका साथ दोस्रो र खोटाङकी रजनी राई १५ मिनेट ५०.०८ सेकेन्डका साथ तेस्रो भइन् । ह्विलचेयर रेसका विजेताले ३५ हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले १५ हजार नगद पाए ।

ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको पावर्ड बाईमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स थियो । यसपालि हाफ म्याराथन विधामा ‘एक्युरेट टाइमिङ’ निकाल्न हरेक खेलाडीमा चिप्स प्रयोग गरिएको थियो ।
Rajan and Santoshi win Kantipur Half Marathon title

Rajan and Santoshi win Kantipur Half Marathon title
Rajan and Santoshi win Kantipur Half Marathon title

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

ध्रुव

Link copied successfully