महिला क्रिकेटमा पनि पैसा लगानी गर्न सक्नुपर्छ : पवन अग्रवाल

अग्रवालले नेपालको प्राथमिकता पुरुष क्रिकेटमै रहेको बताउँदै अब महिला क्रिकेटमा पनि पैसा लगानी गर्न सक्नुपर्ने बताए ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

We should be able to invest money in women's cricket too: Pawan Agarwal

What you should know

काठमाडौँ — नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने पहिलो पुस्ताका खेलाडीमध्येका एक पवन अग्रवालले नेपाली महिला क्रिकेटको स्रोतसाधन नै कम भएको बताउँदै महिला क्रिकेटमा पनि पैसा लगानी गर्न सक्नुपर्ने बताएकाछन ।

उनले पुरुष खेलाडीका लागि कम्तीमा एनपीएल भएको बताउँदै महिलाका खेलाडीका निम्ति त्यही पनि नभएको बताए ।

उनले सुरु सुरुका दिनमा महिला टिमले सफलता हासिल गरेपनि पछिल्लो समय अरु देशहरुले महिला क्रिकेटमा पनि धेरै विकास गरेको बताउँदै नेपाल त्यसमा पछि परेको बताए । उनले भने, 'अहिले महिला टिमको स्तर पनि निकै माथि पुगेको छ । अब त अस्ट्रेलिया र भारतको टिमको प्रदर्शन अर्कै स्तरमा पुगिसकेको छ । पहिला महिला क्रिकेट फिक्का जस्तो हुन्थ्यो, अहिले कहाँबाट कहाँ पुगिसक्यो । अहिले हाम्रो प्राथमिकता पुरुष क्रिकेटमै रहेको छ। अब महिला क्रिकेटमा पनि पैसा लगानी गर्न सक्नुपर्छ ।'

सन् २००१ मा क्यानडामा गएर पहिलो पटक एकदिवसीय विश्वकप छनोट खेल्दा नेपाली टोलीका सदस्य समेत रहेका उनले महिला खेलाडीलाई पनि सक्दो बढी अन्तर्राष्ट्रिय खेल खेलाउनुपर्ने बताउँदै उनले प्रश्न गरे, 'महिला क्रिकेटमा पनि जबसम्म हाम्रो घरेलु ढाँचा हुन्न, कसरी नतिजा आउँछ र ? खेल्न नै नपाएपछि खेलाडी कसरी बन्छ र ?' उनले महिला खेलाडीको संख्या अझै कमी भएको बताउँदै सबैभन्दा पहिला खेल्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाली क्रिकेटको पछिल्लो स्थितिबारे पवनसँग कान्तिपुरका लागि विनोद पाण्डे र हिमेशले गरेको विस्तृत कुराकानी पढ्नुहोस । 

कान्तिपुर संवाददाता

Link copied successfully