गृहनगरमा जनकपुर बोल्ट्सलाई भव्य बधाई

पुस १२, २०८१

सन्तोष सिंह, अजित तिवारी

Big congratulations to Janakpur Bolts in hometown

जनकपुर — नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको छ । जनकपुर बोल्ट्सले शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशालाबाट परिसरबाट विजयी यात्रा थालेका हुन् । 

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजवंशी, शेर मल्ललगायतका खेलाडीहरू र्‍यालीमा सहभागी थिए । त्यस्तै नेपाल क्रिकेट संघका उपाध्यक्षसमेत रहेका बोल्ट्सका सञ्चालक रोशन सिंह र धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे पनि र्‍यालीमा सहभागी छन् । 

Big congratulations to Janakpur Bolts in hometownफाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विजयी र्‍यालीको शुभारम्भ गरेका हुन् ।

Big congratulations to Janakpur Bolts in hometownजनकपुरको थापाचोक हुँदै नगरको विभिन्न भागमा ट्रफी, जनकपुर बोल्ट्सका खेलाडीसँगै सयौं प्रशंसक पनि र्‍यालीमा सहभागी भएका छन् । 

जानकी मन्दिर पुगेर खेलाडीहरूलाई जनकपुरधाम उपमहानगरपालिकाले  स्वागत–सम्मान गर्ने कार्यक्रम छ । धनुषा क्रिकेट संघको संयोजनमा निकालिएको र्‍यालीमा सहभागी खेलाडीहरू चढेको गाडीमा छतछतबाट पुष्पवृष्टि गरिएको छ । जनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully