भारतीय क्वारेन्टाइनमा रहेका नेपाली भन्छन्- 'कैदीबन्दी जस्तै कोचिएका छौं' 

मधु शाही

बाँके — लकडाउनका कारण स्वदेश फर्कन नपाएका नेपालीहरु भारतीय क्वारेन्टाइनमा कष्टकर अवस्थामा बसिरहेको पाइएको छ। भारतको नानपारास्थित क्वारेन्टाइनमा ३० जना नेपाली छन्। उनीहरुले आफूहरु कैदीबन्दी जस्तै बस्नुपरेको गुनासो गरेका छन्।

सामाजिक दूरी कायम नगरी अव्यवस्थीत तरिकाले राख्दा उल्टै बिरामी हुन लागेको कैलाली भजनी-३ कुसुमघाटका नरबहादुर साउदले बताए। आफूलगायत नेपालीले पीडा भोगेको भन्दै उनले उद्धारका लागि आग्रह गरेका छन्।


क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनले तोकेअनुरुप कुनै मापदण्ड नभएको उनको भनाइ छ। '३० जना नेपाली एकैठाउँ कोच्चिएर बस्नुपरेको छ,' कान्तिपुरसँग टेलिफोन वार्तामा उनले भने, 'कमसल खाना खुवाइएको छ।'


भारतले पनि लकडाउन गरेपछि नेपालतर्फ आउँदै उनीहरुलाई भारतीय पक्षले यही क्वारेन्टाइनमा राखेको हो।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालीले सीमापारि क्वारेन्टाइनमा पाएको कष्टबारे केन्द्रमा कुरा राखिसकेको बताए। यस्तो समस्या अन्य सीमामा समेत भएको भन्दै उनले दार्चुलामा अझै भयानक अवस्था देखिएको जानकारी गराए। ‘हामी समस्या बुझेर समाधानका लागि केन्द्रमा पहल गरिरहेका छौं,' उनले भने।

प्रकाशित : चैत्र २५, २०७६ १९:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

क्‍वारेन्टाइनका १७ जना घर पठाइए

कान्तिपुर संवाददाता

नवलपरासी — रजहरस्थित प्राकृतिक चिकित्सालयको क्‍वारेन्टाइनमा राखिएका १७ जनालाई मंगलबार दिउसो घर पठाइको छ । भारतलगायत मुलुकबाट नवलपरासी भित्रिएका १७ पुरुषलाई २ साताअघि क्‍वारेन्टाइनमा राखिएको थियो ।  

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै घरघर पठाइको हो । घर पठाउनुअघि उनीहरुले घरघरमा अपनाउनुपर्ने सावधानीका बारेमा चिकित्सकले परामर्श दिएका थिए ।

घरमा रहँदा अझ एक हप्ता कम्तीमा उनीहरुले अपनाउन पर्ने आनीबानीका बारेमा जानकारी गराएर बिदा गरिएको चिकित्सालयका प्रवक्ता हरि सापकोटाले जानकारी दिए ।

लकडाउन सुरु भएपछि बिदेशबाट नवलपरासीका विभिन्न पालिकामा छिरेकाहरुलाई खोजी गरेर प्राकृतिक चिकित्सालयको क्‍वारेन्टाइनमा राखिएको थियो । चिकित्सालयमा ४ सय बेडको सुविधासम्पन्न क्‍वारेन्टाइन गत २ सातादेखि सञ्‍चालनमा रहेको छ । ४ सय वेड क्‍वारेन्टाइन रहेका चिकित्सालय मंगलबार दिउँसोबाट खाली भएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १९:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×