कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बागलुङको निसीखोलामा पहिरोले घर पुरियो, २ जनाको मृत्यु

प्रकाश बराल

बागलुङ — लगातारको वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको निसीखोलामा दुई जनाको मृत्यु भएको छ ।  निसीखोला गाउँपालिका वडा नं. ५ का हिराबहादुर विकको घर शनिबार बिहान २ बजे पहिरोले पुरिँदा दुई जना बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा हिराबहादुरका १४ वर्षीय छोरा वीरेन्द्र विक र हिराबहादुरका नाति ६ वर्षीय प्रवेश विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

पहिरोमा परी हिराबहादुरकी श्रीमती दिलसरा घाइते भएकी छिन् । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय झिंवाखोलाका टोली र स्थानीयले बिहान उद्धार गरेका थिए । घटनास्थल सदरमुकामदेखि करिब १ सय ३० किलोमिटर पश्चिममा पर्छ ।

प्रकाशित : श्रावण ३१, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?