डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उपसभापतिमा विजयी भएकी हुन् ।
काठमाडौँ — रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम उपसभापतिमा विजयी भएकी हुन् ।
पदाधिकारीका लागि शुक्रबार भएको निर्वाचनमा गौतमले ७८९ मत ल्याइन् भने कार्कीले ५७२ मत पाइन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी गौतम यसअघि पार्टीको केन्द्रीय सचिवालय थिइन् । रास्वपा निर्वाचन आयोगले भने केहीबेरमा औपचारिक रूपमा मतपरिणाम सार्वजनिक गर्दैछ ।
यसअघि अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन् । पदाधिकारीका लागि करिब १ हजार ३ सय प्रतिनिधिले मात्रै मत हालेका थिए । अन्य प्रतिनिधि महाधिवेशनमा ढिलाइ भएको र व्यवस्थापन फितलो भएको भन्दै घर फर्किइसकेका छन् ।
