रास्वपा सहमहामन्त्रीमा हिमेश पन्त पराजित, पाए ५३ मत

यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका पन्त सहमहामन्त्री पदमा भने पराजित भएका हुन् ।

असार १२, २०८३

कान्तिपुर संवाददाता

Himesh Pant defeated for RSVP joint general secretary, got 53 votes

काठमाडौँ — कमेडियन हिमेश पन्त रास्वपा सहमहामन्त्रीमा उठे पनि ५३ भोट मात्र पाएका छन् । यसअघि केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी सहमहामन्त्री पदमा भने पराजित भएका हुन् । प्रतिस्पर्धी ११ जनामध्ये उनी सबैभन्दा पुछारमा रहे । 

रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी भए । पुरुषतर्फ सहमहामन्त्रीमा ११ जना प्रतिस्पर्धामा थिए । तीमध्ये हरि ढकाल र असिम शाहले बढी मत ल्याउँदै सहमहामन्त्रीमा विजयी भएका हुन् ।

दुवै जना यसअघि केन्द्रीय सचिवालयको सदस्यको भूमिका थिए । शाह भने प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार र संविधान संशोधनसम्बन्धी कार्यदलका संयोजकसमेत हुन् । 

खुला सहमहामन्त्री पदका दुई स्थानका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु र हिमेश पन्त पनि प्रतिस्पर्धामा थिए । 

सहमहामन्त्रीमा विजयी शाहले ४७१ र ढकालले ४१० मत पाए । त्यस्तै बमले ३३४, न्यौपानले ३००, खरेलले ३९१, प्रसाईंले ३०१, चौधरीले १७९, लिम्बुले १५१, खत्रीले १४८, जैरूले ११४ र पन्तले ५३ मत पाए । 

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully