रास्वपा महामन्त्री पदका उम्मेदवार कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
चितवन — रास्वपा महामन्त्री पदका उम्मेदवार कविन्द्र बुर्लाकोटी, गणेश पराजुली र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
चितवनमा जारी रास्वपा महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै उनीहरुले आफूहरुको समर्थन आचार्यलाई रहने घोषणा गरे । आचार्य निवर्तमान सहमहामन्त्री हुन् ।
उम्मेदवारी फिर्ताको घोषण गर्दै पराजुलीले जगदीश खरेल, शिशिर खनाल समेतले आचार्यलाई समर्थन गर्ने निर्णय गरेको बताए ।
न्यौपानेले पदाधिकारी चयनमा एक चरणको आपसी सहमति र थप लोकतान्त्रिक पद्धतिअनुसार अघि बढ्दै गर्दा अबको प्रक्रियामा आचार्यलाई समर्थन गर्ने निर्णय लिएको बताए ।
आचार्यले पार्टीलाई एउटै धागोमा बाँधेर अघि बढाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
एक जना महामन्त्री पदका लागि १० जनाको उम्मेदवारी परेको थियो । यसअघि जगदीश खरेलले उम्मेदवारी फिर्ता गरिसकेका छन् ।
यसबाहेक महामन्त्री पदका लागि मनीष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल चुनावी मैदानमा छन् ।
