रास्वपाको दोस्रो चरणको निर्वाचन: पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक [सूची]

उपसभापति पदमा स्वर्णिम वाग्ले र महिला उपसभापति पदमा सोविता गौतम तथा तोसिमा कार्की प्रतिस्पर्धामा छन्।

असार १२, २०८३

कान्तिपुर संवाददाता

Second phase of RSVP elections: Preliminary list of candidates for office bearers made public [List]

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक नामावलीअनुसार खुला उपसभापति पदमा स्वर्णिम वाग्ले र महिला उपसभापति पदमा सोविता गौतम तथा तोसिमा कार्की प्रतिस्पर्धामा छन्।

महामन्त्री पदका लागि कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनीष झा, जगदीश खरेल, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै, खुला सहमहामन्त्री पदका दुई स्थानका लागि रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्तबीच प्रतिस्पर्धा हुने भएको छ।

महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना शर्मा (विदुषी), कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।
Second phase of RSVP elections: Preliminary list of candidates for office bearers made public [List]
Second phase of RSVP elections: Preliminary list of candidates for office bearers made public [List]

कान्तिपुर

Link copied successfully