बलिदानको अवमूल्यन हुन नदिने रवि लामिछानेको प्रतिबद्धता

रास्वपा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदनमा २००७, २०४६ र ०६२/६३ तथा जेन-जी विद्रोहको बलिदानको चर्चा गरेका छन् ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

Ravi Lamichhane's commitment not to let sacrifice be devalued

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७, २०४६ र ०६२/६३ तथा जेन-जी विद्रोहको बलिदानको चर्चा गरेका छन् ।

‘२००७ सालको क्रान्ति हाम्रा लागि कम पवित्र छैन । उपलब्धिको जस जोसुकैले पाए पनि ०४६ सालको आन्दोलनप्रति हामीलाई सम्मान र गर्व छ,’ उनले भनेका छन् ‘२०६२/६३ को आन्दोलन र त्यसका सार्थक उपलब्धिको रक्षा गर्दै, वलिदानको अवमूल्यन हुन दिने छैनौं ।’ उनले ऐतिहासिक जेन-जी विद्रोहको चेतना र उर्जा आगामी यात्राको मार्गदर्शक रहेको उनले भनेका छन् ।

रास्वपा महाधिवेशन

कान्तिपुर

Link copied successfully