स्थगित भयो रास्वपा महाधिवेशनको बन्दसत्र, मंगलबार बिहानदेखि सुरु हुने

निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्दसत्र भोलि बिहानदेखि सुरु गर्ने तय भएको छ । उनले भने,'आज प्रतिनिधि कार्ड वितरण गरिने छ ।'

असार ८, २०८३

गौरव पोखरेल

The closed session of the Rashtriya Swayamsevak Sangh (RSS) general convention has been postponed, and will begin on Tuesday morning.

काठमाडौँ — चितवनमा जारी रास्वपाको महाधिवेशन बन्दसत्र मंगलबार बिहानसम्मका लागि सरेको छ । सोमबार बिहान साढे ८ बजेका लागि तय गरिएको बन्दसत्र प्रतिनिधिको नाममा देखिएको विवाद नटुंगिएपछि बन्दसत्र सरेको हो । 

निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्दसत्र भोलि बिहानदेखि सुरु गर्ने तय भएको छ । उनले भने,'आज प्रतिनिधि कार्ड वितरण गरिने छ ।'

निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्दसत्र भोलि बिहानदेखि सुरु गर्ने तय भएको छ । उनले भने,'आज प्रतिनिधि कार्ड वितरण गरिने छ ।'

महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय सदस्यहरूकै नाम छुटेपछि रास्वपाको बन्दसत्र सरेको हो । छुटेका सांसद, केन्द्रीय प्रतिनिधिसहित जिल्लाका नेताहरूलाई समेट्ने गरी बन्दसत्र सारिएको रास्वपाका एक नेताले बताए । ती नेताका अनुसार १० जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको फेला परेको छ ।

महाधिवेशनको उद्‌घाटन आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए । 

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully